डिभिजन वन कार्यालयका मूलभूत उद्देश्यहरु देहाय बमोजिम छन ।
- प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण, सम्वर्धन तथा सदुपयोग गर्ने ।
- संघीय र प्रदेश सरकारका वनसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।
- डिभिजन स्तरिय वन विकास कार्यमा जनसहभागिता परिचालन गर्ने ।
- प्रचलित ऐन, नियम र नीति अनुसार सम्भाव्य साझेदारी, चक्ला, सामुदायिक, कबुलियती, संरक्षित तथा धार्मिक वन क्षेत्रहरुको पहिचान, विकास एवं व्यवस्थापन गर्ने ।
- डिभिजनको क्षेत्रमा नीजि वन र कृषि वन प्रणालीको विकास एवं बिस्तार गर्ने र आवश्यक सिप, ज्ञान र प्रविधी हस्तान्तरण गर्ने ।
- डिभिजन स्तरिय पन्चवर्षिय एवं वार्षिक योजना तर्जुमा गरी स्वीकृतिको लागि प्रदेश वन निर्देशनालयमा पेश गर्ने ।
- डिभिजन स्तरिय सरकारी तथा स्थानीय निकाय र गैरसरकारी संघसंस्थाहरुसँग समन्वय विस्तार गरी स्थानीयतहका वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।
- डिभिजनमा संचालित वन विकास कार्यक्रमको प्रगती बिबरणको साथै अनुगमन प्रतिवेदन वन निर्देशनालय, वन तथा भू-संरक्षण विभाग र अन्य सम्वन्धित निकायहरुमा पेश गर्ने ।
- संघीय र प्रदेश सरकारले तोकेको अन्य कार्यहरु गर्ने गराउने ।
डिभिजन वन कार्यालयको कार्यक्षेत्र
- वन विकास तथा व्यवस्थापन सम्बन्धी संघीय र प्रदेश सरकारका ऐन, नियम नीति र निर्देशन कार्यान्वयन गर्ने ।
- वन संरक्षण एवं सम्बर्धन सम्बन्धि ऐन, नियम र नीति तर्जुमा संशोधन परिमार्जन गर्न वन निर्देशनालय मार्फत प्रदेश मन्त्रालय र वन तथा भू-संरक्षण विभागलाई सहयोग गर्ने ।
- डिभिजनस्तरिय वन विकास सम्बन्धि योजना तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गरी अन्य सरोकारवालासँग समन्वय बिस्तार गरी कार्यक्रम संचालन गर्ने ।
- नीजि वन र कृषि वनवाली विकास एवं व्यवस्थापन गर्न सरोकारवालालाई आवश्यक प्राविधिक सल्लाह सुझाव दिने ।
- वन व्यवस्थापन, गुणस्तरीय नर्सरी एवं विरुवा उत्पादन बृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण सम्बन्धी जानकारी सर्वसाधारणलाई उपलव्ध गराई वन व्यवस्थापन कार्यमा जनसहभागिता परिचालन गर्ने।
- दिगो तथा वैज्ञानिक वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गरी वन निर्देशनालयमा पेश गर्ने र स्वीकृत भइ आएपछि कार्यान्वयन गर्ने ।