सव डिभिजन वन कार्यालयहरु

  • वन ब्यवस्थापन योजना/कार्ययोजना तर्जुमा गर्न डिभिजन वन कार्यलयलाई सहयोग गर्ने ।
  • स्वीकृत वन ब्यवस्थापन योजना, कार्ययोजना कार्यान्वयन गर्ने गराउने
  • वन जंगलको दैनिक रेखदेख र निरिक्षण गरी अनियमित कार्य नियन्त्रण गर्ने गराउने
  • वन विकासका कार्य कार्यान्वयन गर्ने गराउने र प्रगति प्रतिवेदन डिभिजन वन कार्यलयमा पठाउने ।
  • सरल सुलभ तरिकाले सर्वसाधारणलाई वन विकास सम्बन्धि प्राविधिक एवं कानूनी सहयोग उपल्ब्ध गराउने।
  • वनको महत्व, विकास सम्बन्धी प्रचारप्रसार गरी वन ब्यवस्थापनमा जनसहभागिता अभिबृद्धि गर्न पहल गर्ने।
  • नीजि वन, कृषि वन विकासको कार्य गर्ने ।

कार्यक्षेत्र

  • डिभिजनल वन अधिकृतको प्रत्यक्ष निर्देशन र सुपरिबेक्षणमा डिभिजन वन कार्यालयले देहाय बमोजिम कार्य गर्ने गराउने छ ।
  • वन विकास कार्यक्रम (बिरुवा उत्पादन, बृक्षरोपण, सामुदायिक.वन, चक्ला वन, साझेदारी वन र कवुलियती वन, आदि) संचालन गर्ने र संचालित कार्यक्रमको नियमित देखरेख र अनुगमन गरी प्रतिबेदन डि.व.का.मा पठाउने
  • आफ्नो क्षेत्र भित्र सामुदायिक वन, कवुलियति वन तथा अन्य वन विकासको लागि दिनु पर्ने प्राविधिक तथा अन्य सेवाहरु उपलब्ध गराउने ।
  • स्वीकृत वन ब्यवस्थापन कार्ययोजना बमोजिम सव डिभिजन अन्तर्गतका वनहरुको संरक्षण, सम्बर्धन तथा सदुपयोग सम्बन्धि कार्यक्रमहरु संचालन गरी अनुगमन गर्ने
  • आफु मातहतका कर्मचारीहरुलाई परिचालन गरी समय समयमा हुने अतिक्रमण, चोरी निकासी तथा वन विनाशका कार्यहरु तत्काल नियन्त्रण गर्ने गराउने ।
  • सव डिभिजन अन्र्तगत भए गरेका वन विकास एवं सम्बर्धन सम्बन्धी कार्यहरुको रेखदेख अनुगमन गरी प्रतिवेदन डि.व.का. मा पठाउने ।
  • सव डिभिजन स्तरिय सुरक्षा निकायसँग समन्वय गरी वन संरक्षण गर्ने ।
  • सेक्टर स्तरका जनताको बन पैदावारको घरायसी माग आपूर्तिको लागि सरल ब्यवस्था गर्ने ।
  • सव डिभिजन प्रमुख (स.व.अ.) को कार्य बिबरण

कार्यालय प्रशासन

  • कार्यालयको दैनिक प्रशासनिक कार्य संचालन गर्ने गराउने ।
  • मन्त्रालय, विभाग, प्रदेश तथा अन्य निकायबाट आएका पत्र परिपत्रहरुको पालना र माग भएको विवरण समयै पठाउने र कार्यान्वयन गर्ने ।
  • मातहतका कर्मचारीहरुलाई नियमानुसार परिचालन गर्ने ।
  • वन र वन्यजन्तुको अनुसन्धान अधिकृत भई अनुसन्धान तहकिकातको कार्य गरी मुद्दा दायर गर्ने

योजना तयारी र कार्यान्वयन

  • निजी वन, सामुदायिक वन, साझेदारी वन लगायत अन्य वन व्यवस्थापन योजना तयार गरी स्विकृतको लागि डि.व.का.मा पठाउने ।
  • वन विकासका कार्यहरु जस्तैः नर्सरी स्थापना, विरुवा उत्पादन, वृक्षारोपण लगायतका कार्यहरुको लगत इस्टिमेट तयारी कार्य संचालन गर्ने गराउने ।
  • निजी वन विकासका कार्यहरु गर्ने ।
  • कार्यालयको भवन काठबाट निर्मित हुने भए लगत इस्टिमेट तयार गर्ने,

वन संरक्षण, सम्बर्धन र व्यवस्थापन

  • सशस्त्र वन सुरक्षासँग समन्वय गरी आफ्नो वनक्षेत्रको टुर गस्ती गर्ने तथा गराउने ।
  • वन सिमांकन गर्ने, वन अतिक्रमण नियन्त्रण गर्ने,
  • वन उपभोक्ता समुहहरुलाई प्राविधिक सर सल्लाह तथा सहयोग गर्ने ।
  • बिर्माका गरी छोडपुर्जीको लागि डिभिजन वन कार्यालयमा सिफारिस गर्ने ।
  • छोडपुर्जी भएका स्थानान्तरको लागि अन्यत्र जिल्लामा पठाउँदा काठ÷दाउरा लोड सवारीमा शिल गर्ने, शिल खोल्ने कार्यहरु गर्ने ।
  • स्विकृत वन व्यवस्थापन योजना÷कार्ययोजना अनुसार बार्षिक स्वीकार्य कटानको परिधिभित्र रहीे वनक्षेत्र भित्रको रुखहरुको छपान गर्ने, घाटगद्दी रजिष्टर लगायतका अन्य कागजातहरु समेत चेकजाँच गरी विक्री वितरणको लागि सिफारिशसाथ पेश गर्ने
  • वन व्यवस्थापनका कार्यहरु जस्तैः झाडी सफाई, गोडमेल, लहरा कटिगं, थिनिगं, प्रुनिगं, डढेलो नियन्त्रण आदि आवश्यक वन संबर्धन कार्यहरु गर्ने गराउने ।
  • डि.व.अ.सँग समन्वय गरी घाटगद्दी वन्दोवस्त गर्ने
  • फिल्डमा रहेका काठ दाउरा घाटगद्दीको सुरक्षाको जिम्मेवारीपूर्ण ब्यवस्था मिलाउने ।
  • आफ्नो सव डिभिजन क्षेत्रमा काठ दाउराको आपुर्ति ब्यवस्थापनमा डि.व.का. लाई सहयोग गर्ने ।
  • वनपैदावारमा आधारित उद्योग र वनक्षेत्रको दुरी प्रमाणित गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाउने ।

समन्वय बैठक

  • आफ्नो क्षेत्रभित्र पर्ने अन्य निकायसँग समन्वय गरी वनको संरक्षण, वन विकास र सदुपयोगका कार्यहरु गर्ने गराउने,
  • वन उपभोक्ता समुहहरुको विभिन्न बैठक, साधारण सभाहरुमा सहभागी हुने ।

प्रचार प्रसार

  • प्रचार प्रसारका सामाग्री तयार गरी जनचेतना अभिबृद्धिका कार्यहरु गर्ने गराउने
  • विभिन्न तालिम गोष्ठी, अन्तरक्रिया, छलफल गर्ने गराउने, सहभागी हुने, संचालन गर्ने,
  • विभिन्न वन उपभोक्ता समुहहरुको साधारण सभामा सहभागी भई वार्षिक योजना तर्जुमा र वन व्यवस्थापन सम्बन्धी जनचेतना फैलाउने

प्रगति तयार गर्ने

  • आफ्नो सव डि.व.का.को मासिक प्रगती प्रतिवेदन तयार गरी डि.व.का. मा पठाउने ।
  • वन उपभोक्ता समुहको अनुगमन कार्य गरी प्रगति विवरण तयार गरी पठाउने,

यस डिभिजन वन कार्यालय अन्तर्ग हेका ६ वटा सब डिभिजन कार्यालय अन्तर्गतका गाउँपालिका वडाहरुको विवरण तालिकामा प्रस्तुत गरिएको

तालिका: सब डिभिजन वन कार्यालय त्यसको कार्यक्षेत्र

क्र.सं.

डिभिजन वन कार्यालय

स्थानीय तह

.

सिद्धिचरण

सिद्धिचरण नगरपालिका

.

मानेभन्ज्याङ

मानेभन्ज्याङ ाउँपालिका

.

चिसंखुगढ

चिसंखुगढि गाउँपालिका

.

खिजिदेम्बा

खिजिदेम्बा गाउँपालिका

.

लिखु-चम्पादेवी

लिखु चम्पादेवी गाउँपालिका

.

सुनकोशी-मोलुङ

सुनकोशी मोलुङ गाउँपालिका